सुचना, समाचार र मनोरन्जन

तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रथम स्कुल स्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौं :

नृत्य निर्देशक संघ नेपाल, तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रथम स्कुल स्तरीय तीज नृत्य प्रतियोगिता भएको छ । काठमाडौंमा बागमती प्रदेशका प्रदेश सभासदस्य ईन्जिनियर अमन मास्केज्यूको प्रमुख आतिथ्यमा भव्य रुपमा सम्पन्न भएको हो ।

Chaka Panja

उपत्यकाको २० स्कुलले भाग लियको यस प्रतियोगितामा कौसल माध्यमिक विद्यायल प्रथम, नवोधित विध्याकुञ्ज र शुभकामना स्कुल दोस्रो, त्रिलोक चिल्डेन एकेडेमी र स्प्रिङभ्याली स्कुल तृतिय भएका छन् ।

संस्थाका अध्यक्ष टेकबहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव रवी कार्कीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा नृत्य निर्देशक संघ केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, नृत्य निर्देशक संघ तार्केश्वोर नगर कमिटि सल्लाकार एवं वरिष्ठ कलाकार उत्तम केसी हिम रश्मी स्कुलका प्राध्यापक लोकेन्द्रबहादुर खड्का विशेष अतिथि रहेका थिए।

Leave A Reply

Your email address will not be published.