सुचना, समाचार र मनोरन्जन

तीजको रौनकमा नयाँ गीत: ‘तर्किएर जानेलाई’ दर्शकमाझ

काठमाडौं  :

साउन मैनाको दोस्रो हप्ता कटिसक्दा नेपाली सांगीतिक बजार तीजमय भैसकेको छ। हरेक दिन कैयौं तीज कोशेलीहरु सांगीतिक बजारमा अडियो, भिडियो सहित दर्शक, श्रोतामाझ पस्किन पछिल्लो समय सर्जक गायक गायिकालाई भ्याइनभ्याई छ। यसैक्रममा गायक कृष्ण भट्टराईले पनि आफ्नो तीज कोशेली ‘तर्किएर जानेलाइर्’ सार्वजनिक गरेका छन्।

मन्जु बिक, तुलसा जिसि र कृष्ण भट्टराईको आवाज रहेको यस गीतमा दिपक अधिकारीले शब्द लेखेका हुन भने सन्तोष सुबेदिले लय भरेका छन्। राजेन्द्र नेपाली लट्टे, अस्मि गौतम र अनुभव पौडेल, कृष्ण भट्टराईको अभिनय रहेको गीतको भिडियोलाई गणेश सापकोटाले खिचेका हुन् भने सुवास अंगाइले सम्पादन गरेका छन् । कपिल श्रेष्ठको निर्देशन रहेको भिडियोलाई कृष्ण भट्टराई युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.