सुचना, समाचार र मनोरन्जन

भोलीबाट छायांकनमा निस्किने फिल्म ‘माग्नेराजा’ तीजमा प्रदर्शनमा आउने

काठमाडौं :

केदार घिमिरेको मुख्य भुमिका रहने फिल्म ‘माग्ने बुढा’को छायांकन नहुँदै प्रदर्शन मिति तोकिएको छ। निर्माण टिमले सोमबार निर्माताले एक पोस्टर सार्वजनकि गर्दै फिल्मलाई आगामी वर्षको भदौ १२ गते (बिहीबार)रिलिज गर्ने बताए। यो मितिमा महिलाहरुको हरितालिका तीज परेको छ। अहिलेसम्म उक्त मितिमा फिल्मलाई एकल रिलिजको अवसर छ।

Pach Pandav

महाशिवरात्रिको दिन अर्थात भोलीबाट छायांकन सुरु हुन लागेको यो फिल्ममा केदारसहित आर्यन सिग्देल, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्गदेल, शारदा गिरी, पुष्कर गुरुङ, मिस पबी लगायतको अभिनय रहनेछ। फिल्ममा केदारको जोडी वर्षासँग बाँधिनेछ। फिल्मलाई ऋषि लामिछानेले निर्देशन गर्नेछन्। उनी आठ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन्।

आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले फिल्मको निर्माण गर्नेछन्। उनले यसअघि ‘खबरदार’ र ‘इच्छा’ फिल्मको निर्देशन गरेका थिए। नरेन्द्र मैनालीको छायांकन रहनेछ भने सामीप्यराज तिमल्सेनाको पटकथा लेखन छ। निर्माता घिमिरे दाङ जिल्लाको घोराही उप–महानगरपालिका–४ को वडा अध्यक्ष समेत हुन्।

Leave A Reply

Your email address will not be published.