सुचना, समाचार र मनोरन्जन

बुद्धि तामाङ हैटको लगानीमा ‘कुस्ती’को छायांकन सुरु

काठमाडौं :

हास्य अभिनेताको छवि बनाएका बुद्धि तामाङ ‘हैट’ले आफ्नै लगानीमा फिल्म निर्माण थालेका छन्। उनले पहिलो फिल्म ‘कुस्ती’को निर्माण थालेका हुन्। मंगलबार काठमाडौँस्थित मातातीर्थमा मुहूर्त पूजा गर्दै फिल्मको छायांकन थालिएको हो।

मुहुर्तमा पहिलो सट मुख्य कलाकार धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरले दिए। डेढ महिनाको सुटिङ तालिका सहित निर्माण टिम फ्लोरमा निस्किएको हो। अनिल योञ्जनको निर्देशन रहने यो फिल्ममा धीरजका अलवा मिरुना मगर,बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा,उत्तम केसी लगायतको अभिनय रहनेछ।

अनुषा सिनेमावुड पिक्चर्सको व्यानरमा निर्माण हुने फिल्ममा प्रेम सम्बन्धमा रहेका एक जोडीको कथालाई फिल्मले भन्ने छ। उमोङ्ग शाही छायांकान रहने यो फिल्ममा मित्रदेव गुरुङ सम्पादक, दीपक शर्मा, निर्देशक योञ्जन र कल्याण सिंह संगीतकार तथा शिशिर खाती नृत्य निर्देशकमा छन्। यो फिल्म आउँदो वर्ष अर्थात् भदौमा प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ।

Leave A Reply

Your email address will not be published.