सुचना, समाचार र मनोरन्जन

तीन फिल्म ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’लाई देशभरका हलमा कुनलाई कति शो ?

काठमाडौं :

बुधबारबाट प्रदर्शनमा आउन लागेका तीन फिल्म ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’लाई मल्टीप्लेक्सहरुले शोको अग्रिम बुकिङ खुलेका छन्। महाशिवरात्रिको अवसर पारेर भोलिबाट प्रदर्शनमा आउन लागेका तीन फिल्ममध्ये शो संख्यामा ‘लाज शरणम्’ले बढी शो पाएको छ।

कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’ले देशभर डेढ सय हाराहारी शो पाएको छ भने अन्यले कम पाएका छन्। देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका आउटलेटमा गरी फिल्मलाई ६५ शो बाँडेको छ भने आईएनआईले चार आउटलेटमा १५, वान् सिनेमाजले दुई आउटलेटमा १०, बिग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, विएसआरले ४ शो दिएका छन्।

फरक–फरक जनरामा निर्माण भएका फिल्म रहेका छन्। जसमा ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ कमेडी जनराका हुन् भने ‘मायावी’ पूर्ण लभस्टोरी फिल्म हो। फिल्म ‘लाज शरणम्’मा विजय बराल,सीताराम कट्टेल,अर्जुन घिमिरे लगायतको टिम रहेको छ । यता कमेडी जनराकै अर्को फिल्म ‘फेरि रेशम फिलिली’मा विनय श्रेष्ठ,सुपुष्पा भट्ट,कामेश्वर,नीर शा,महेश त्रिपाठी लगायतका कलाकारहरु रहेका छन्। यता दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको ‘मायावी’मा दीपिका प्रसाईँ,पल शाह लगायतको मुख्य भुमिका रहेको छ।

Leave A Reply

Your email address will not be published.