सुचना, समाचार र मनोरन्जन

गायक थापालाई ‘रात भरी’ के भयो

काठमाडौं :

दुई दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय रहदै आएका गायक नारायण थापाले नयाँ गीत स्रोतामाझ लिएर आएका छन्। उनको स्वर तथा रमेश दाहालको शब्द रहेको ‘रात भरी’ गीतको लिरिकल युटूव मार्फत श्रोतामाझ लिएर आएका हुन्। गीतले निकै मार्मिक शब्दहरुमार्फत प्रेमिल कुराहरु पोखिएका छन्।

Pach Pandav

गायक थापाले यसअघि ‘आज मृत्युले मलाई’ र ‘सोह्र श्रृंगार लाएँ’ सार्वजनिक गरेका थिए। सिन्धुली घर भएका गायक थापा दर्जनौ गीतहरु स्रोतामाझ आइसकेका छन्। स्टेज कार्यक्रममा पनि उतिकै सक्रिय रहेका गायक थापाले दसैंको छेको पारेर ‘रात भरी’बोलको गीत स्रोतामाझ पस्किएको बताए।

Leave A Reply

Your email address will not be published.