Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सरकारले विभिन्न स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने
- पोखरामा भेलले बगाउँदा आमा-छोरीको मृत्यु
- भोटेकोसी बाढी प्रभावितका लागि बीएण्डबी ग्रुपले ५० लाख सहयोग गर्ने
- भारतीय बजारमा ‘टक्सिक’को व्यापार कमजोर हुँदा नेपालमा ‘पार्वती’लाई फाइदा
- विषम परिस्थितिका बीच प्रदर्शनमा आयो ‘पार्वती’, पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिने घोषणा
- नेपालमा बाढीको कहर : १७ हजार बालबालिकालाई जोगाउन प्रियंका चोपडा र जेन मलिकको अन्तर्राष्ट्रिय गुहार
- प्रवासमा बसेर मातृभूमिको सुस्केरा: रिमाको शब्दमा जेन–जी पुस्ताको बलिदान
- बाढीबाट प्रभावित क्षेत्रः नेपाल टेलिकमका ८० वटा ‘साइट’ पुनः सञ्चालनमा
- भोटेकोशी बाढीः १२१ विदेशी पर्यटकको उद्धार
- आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति
‘ठुली’ गीत : प्रेममा परिवार बाधक भन्दा आउने उतारचढावको कथा
काठमाडौं :
डाक्टर नवराज प्रधानको नयाँ गीत रिलिज भएको छ। सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट ‘ठुली’ बोलको गीत रिलिज भएको हो। गीतमा शब्द,संगीत र स्वर डाक्टर नवराज प्रधानकै रहेको छ।
गीतको म्युजिक अरेन्जमेन्ट चाहिँ कालिप्रसाद बास्कोटाले गरेका छन्। उसो त, गीतको भाव अनुसार भिडियो उत्कृष्ट बनाइएको छ। भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन्। प्रेमी-प्रेमिकाको भुमिकामा यि दुई भिडियोमा प्रस्तुत छन्।
पारिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ। गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ। भिडियोमा गौतमराज खड्काको कथा अनि निर्देशन रहेको छ। सौरभ लामाले खिचेको भिडियोलाई गौतमराज खड्काले नै सम्पादन गरेका हुन्।