सुचना, समाचार र मनोरन्जन

‘ठुली’ गीत : प्रेममा परिवार बाधक भन्दा आउने उतारचढावको कथा

काठमाडौं : 
डाक्टर नवराज प्रधानको नयाँ गीत रिलिज भएको छ। सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट ‘ठुली’ बोलको गीत रिलिज भएको हो। गीतमा शब्द,संगीत र स्वर डाक्टर नवराज प्रधानकै रहेको छ।
गीतको म्युजिक अरेन्जमेन्ट चाहिँ कालिप्रसाद बास्कोटाले गरेका छन्। उसो त, गीतको भाव अनुसार भिडियो उत्कृष्ट बनाइएको छ। भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन्। प्रेमी-प्रेमिकाको भुमिकामा यि दुई भिडियोमा प्रस्तुत छन्।
Pach Pandav
पारिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ।  गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ। भिडियोमा गौतमराज खड्काको कथा अनि निर्देशन रहेको छ। सौरभ लामाले खिचेको भिडियोलाई गौतमराज खड्काले नै सम्पादन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.