सुचना, समाचार र मनोरन्जन

टिपरले जस्ताको टहरामा ठक्कर दिँदा काठमाडौँमा तीन जनाको मृत्यु

काठमाडौँ/

काठमाडौँको शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारमा सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । तीनै जनाको थप विवरण खुलेको छैन ।

साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर बिहीबार दिउँसो पौने ४ बजे अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए ।

नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले ठक्कर दिँदा उक्त हताहत भएको हो ।

Leave A Reply

Your email address will not be published.