सुचना, समाचार र मनोरन्जन

‘टप राजधानी रोधी क्लब’को वार्षिक उत्वसमा सञ्चारकर्मी तथा कलाकार सम्मानित

काठमाडौं :

एक वर्षअघि ठमेलमार्ग ठमेलमा स्थापना गरिएको ‘टप राजधानी रोधी क्लब’ले कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्दै आफ्नो प्रथम वार्षिक उत्सव मनाईरहेको छ । यो क्लबले सोमबारबाट बुधबारसम्म तीन दिन विभिन्न कार्यक्रम आयोजना गर्दै वार्षिक उत्सव मनाई रहेको हो।

यसै क्रममा रामेछापका प्रतिनिधि सभा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठलगायतले प्रथम वार्षिक उत्सवको सोमबार बेलुका प्रथम वार्षिक उत्सव कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा साँसद पूर्णबहादुर तामाङले रामेछापको दुर्गम गाउँबाट आएका गायक प्रकाश कटुवालले काठमाडौंको केन्द्र ठमेलमा टप राजधानी रोधी क्लब स्थापना गरेर नेपाली गीत संगीतको विकासमा महत्वपूर्ण योगदान दिईरहेको बताए ।

कार्यक्रममा सबैलाई स्वागत गर्दै सो क्लबका अध्यक्ष एवम् राष्ट्रिय संगीतकर्मी संघका कार्यबाहक अध्यक्ष गायक प्रकाश कटुवालले टप राजधानी रोधी क्लब ठमेलमा स्थापना गरेका एक वर्ष भए पनि आफुले यसअघि पाँच वर्षसम्म बालाजुको माछापोखरीमा सञ्चालन गरेको बताए,‘नेपाली मौलिक गीत संगीत सुन्दै मिठो खानाको स्वाद लिने पाखरीहरुका लागि हामीले एक वर्ष अघि स्थापना गरेको यो रोधी क्लबले अहिले करिब ८० जना कलाकार तथा कर्मचारीलाई रोजगार दिईरहेको छ । ठेमल क्षेत्रमा हामी एक वर्षमा उत्कृष्ट रोधी क्लब बन्न सफल भएकोमा खुसी छौं,’ उनले भने ।

नेपाली गीत संगीतमा योगदान दिएको भन्दै सो कार्यक्रममा सञ्चारकर्मी तथा कलाकारहरुलाई सम्मानित गरियो । जनही पाँच हजार एक सय रुपैयाँ सहित राजधानी दैनिकका पत्रकार डब्बु क्षत्री, मध्यान्न दैनिकका पत्रकार सानुकाजी श्रेष्ठ, विश्व घटनाका पत्रकार अनन्त वाग्ले, गोरखापत्र दैनिकका पत्रकार सुकृत नेपाललाई कार्यक्रममा सम्मानित गरियो ।

यस्तै जनसावल दैनिकका सम्पादक रामजी वगालेलाई विशेष सम्मान गरिएको कार्यक्रममा आर्टिष्ट खबरका पत्रकार गोपिकृष्ण चापागाई, व्युटी न्युज नेपालकी पत्रकार सरिता भारती, पत्रकार नरेन्द्र रेउलेलगायतलाई कदरपत्र प्रदान गरियो । सो वार्षिक उत्सव समारोहमा विभिन्न कलाकार तथा सहयोगीहरुलाई पनि सम्मान गरिएको थियो ।

समारोहमा विभिन्न अतिथि कलाकारहरुले आफ्ना नृत्य र गायनले सो वार्षिक उत्सवको रौनक थपेका थिए । लोक गायक श्रीकृष्ण बम मल्ल र गायिकाहरु लक्ष्मी मल्लले डाँडाघरे साँईली गीत गाउँदा सबैले नाचेर साथ दिए । गायिका ज्योती मगरले ढाँडे बिरालो र अर्की गायिका टिका सानुले आफ्नो चर्चित गीत गाएर दर्शकलाई नचाए । यस्तै मोडलहरु सुनिल क्षत्री, करिश्मा ढकाललगायतका अतिथि कलाकारले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

तीन दिनसम्म आयोजना हुने यो वार्षिक उत्सव कार्यक्रम अन्तरगत दोश्रो दिन मंगलबार बेलुका सो क्वलका वर्षका उत्कृष्ट १० पाहुनाहरुलाई सम्मानित गरिने कार्यक्रम संयोजक रमेश दुलाल ‘कागे’ले बताए ।

यस्तै वार्षिक उत्सवको तेश्रो दिन बुधबार बेलुका टप राजधानी रोधी क्लकबाट उत्कृष्ट कलाकार तथा कर्मचारीलाई पुरस्कृत गरिने भएको छ । यो वार्षिक उत्सबमा मंगलबार र बुधबार दोहोरी क्षेत्रका लोकप्रिय कलाकारहरु बद्री पंगेनी, बबिता बानियाँ जेरी, दुर्गेश थापा, सागर लम्साल बले, रामजी खाँड, खुमन अधिकारी, टिका जैशी, रिया खड्का लगायतको प्रस्तुति रहने पनि कार्यक्रम संयोजक रमेश दुलालले बताएका छन्।

Leave A Reply

Your email address will not be published.