उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण कर्णाली प्रदेशका १० जिल्लाका पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले जनाएको छ ।
खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योग परेका छन् । दैलेखमा एक हजार ६७५ वटा उद्योग खारेज भएका छन् ।
दोस्रो खारेजीमा पर्नेमा सुर्खेत छ । सुर्खेतमा एक हजार ४५५ वटा खारेज भएका छन् । कालीकोटमा ४७८, जुम्लामा ५८७, मुगुमा २१, सल्यानमा ५०२, जाजरकोटमा ४२७, डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन् । त्यस्तै हुम्लामा नौ र रुकुम पश्चिममा १५८ वटा उद्योग खारेज गरिएका छन् ।
कर्णालीका १० जिल्लामा ४३ हजार ६७८ उद्योग दर्ता भएकामा सबैभन्दा बढी सुर्खेतमा दर्ता गरिएका थिए । सुर्खेतमा मात्र १४ हजार २६५ वटा उद्योग दर्ता भएको निर्देशनालयले जनाएको छ । अहिले यहाँ एक हजार ३४१ उद्योगमात्र नवीकरण भएका छन् ।