सुचना, समाचार र मनोरन्जन

‘मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल–२०२४’मा एउटै स्टेजमा चार शीर्ष उपाधि घोषणा

काठमाडौं :

‘मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल–२०२४’मा एउटै स्टेजमा चार शीर्ष उपाधि घोषणा गरिएको छ । स्पार्कल इन्टरटेनमेन्टद्वारा राजधानीमा आयोजित यस प्रतियोगितामा सिनियर र जुनियर र जुनियर ‘बी’ र ‘मिस्टर जुनियर’ गरी चार शीर्ष विजेता घोषणा गरिएको हो ।

प्रतियोगिताको यस पहिलो सिजनमा जुनियरतर्फ रियान्सु दाहालले शीर्ष उपाधि जितेका छन्। यस्तै, जुनियरतर्फ फस्ट रनअप र सेकेण्ड रनरअप क्रमशः सुप्रिया उप्रेती र तेजस्वी केसी भए । तेजस्वीले पब्लिक च्वाइज सबटाइटल समेत पाइन् ।

Pach Pandav

यस्तै, जुनियर ‘बी’ समूहमा पूर्णिमा थापा विनर बनेकी छन् भने भार्गवी शर्मा फस्ट रनरअप तथा इनिका काफ्ले सेकेण्ड रनरअप भएका छन् ।
यस्तै, सिनियरतर्फ सृष्टि बमजन विजेता बनेकी छन् । फस्ट रनरअफ नुमा राई तथा सेकेण्ड रनरअप पलेस्वा रघुवंशी भए । यस्तै, प्रतियोयितामा अनमोल उप्रेतीले ‘मिस्टर जुनियर’को उपाधि पाएका छन् । माछापुच्छ«े स्कुलको प्रायोजन तथा काठमाडौं वल्र्ड स्कुलको को–स्पन्सर गरेको यस प्रतियोगिताका लागि भेन्यू पार्टनर मिड भ्याली स्कुल रहेको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उपकुलपति एवं बरिष्ठ गायक शम्भू राईको आतिथ्यमा सम्पन्न यस प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, इभेन्ट अर्गनाइजर निशु झा, अभिनेता रमेश उप्रेती, मिसेस युनिभर्सल सुस्मा सुबेदी, स्नेहा पोखरेल र विना श्रेष्ठ निर्णायक रहेका थिए ।

मोडल तथा अभिनेता दिक्पाल कार्कीको कोरियोग्राफीमा आयोजित यस प्रतियोगिताको इभेन्ट को–अर्डिनेटर अमृता राई रहेकी थिइन् भने कार्यक्रमको होस्ट सेसेमी लिम्बूले गरेकी थिइन् । कार्यक्रम सोचेभन्दा भव्य र सभ्य भएको आयोजक संस्था स्पार्कल इन्टरटेनमेन्टकी सिईओ नीतु श्रेष्ठले बताइन् ।

उनले भनिन्, ‘अरु इभेन्टहरु आयोृजना गर्दै आएपनि ‘मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल’ भने पहिलोपटक गरेका हौँ । पहिलोपटक भएपनि सबैबाट साथ सहयोग मिलेपछि कार्यक्रम सोचेभन्दा राम्रो भयो ।’

Leave A Reply

Your email address will not be published.