सुचना, समाचार र मनोरन्जन

रेखा थापाको फिल्म ‘उपहार’ले पायो सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट

काठमाडौं :

अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’को सेन्सर पास भएको छ। यही फागुन २५ गतेबाट रिलिज हुने फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट दिएको हो। यो सर्टिफिकेट पाएसँगै अब सबै उमेर समूहका दर्शकले यो फिल्म हेर्न पाउनेछन्।
ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्मलाई सेन्सर बोर्डका सदस्यले मन पराएका छन्।

Pach Pandav

सेन्सर पास गर्नु अघि फिल्म हेरेर सर्टिफिकेट दिदै फिल्म राम्रो बनेको प्रतिक्रिया समेत पाएको छ। रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । अभिनेत्री थापाले फिल्म राम्रो बनेको भन्दै परिचयसँगको संवादमा बताएकी छन्। उनले भनिन्,‘फिल्म राम्रो बनाउने कोसिस गरेका छौँ। मैले यस अघि गरेका फिल्मका कमिकमजोरी सुधारेको छु। दर्शकले अवस्य मन पराउनुहुनेछ।’

Leave A Reply

Your email address will not be published.