सुचना, समाचार र मनोरन्जन

पुर्वका हलमा पुग्यो मनसरा टिम,दर्शकको पायो उच्च साथ

काठमाडौं :

फिल्म ‘मनसरा’का टिम यतिबेला नेपालको पूर्वीका विभिन्न हलहरुमा पुगेका छन्। शुक्रबारबाट नै उनीहरु विराटनगर, इटहरी, विर्तामोड र दमकस्थित हलमा पुगेका हुन्। उनीहरु हलमा पुग्दा दर्शकको उल्लेखनिय साथ फिल्मले पाइरहेको थियो।

उपेन्द्र सुब्बा निर्देशित फिल्ममा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक सुब्बा हल हलमा पुगिरहेका छन्। धरानको हलमा भने कलाकारलाई देखेपछि दर्शकहरुले सेल्फी खिचिरहेका देखिन्थेँ। निर्देशक सुब्बाकै लेखन रहेको फिल्मको निर्माता तथा छायांकार शैलेन्द्रध्वज कार्की हुन्।

विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, परशु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन्। निमेश श्रेष्ठको सम्पादन रहेको छ। मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको यस फिल्ममा सिजन दाहाल कार्यकारी निर्माता हुन्। फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकको रुपमा छन्।

Leave A Reply

Your email address will not be published.