सुचना, समाचार र मनोरन्जन

२ दिनमा ६ सय ५६ कैदीबन्दी कारागार फिर्ता

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकामध्ये छ हजार नौ सय ८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्था विभागका अनुसार अझै सात हजार पाँच सय ७२ कैदीबन्दी फरार छन् ।

पछिल्लो २ दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए। कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उनको भनाइ छ ।

गएको भदौ २४ गतेको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए । १४ हजार पाँच सय ५६ जना कैदीबन्दी भागेका थिए भने १५ हजार पाँच सय २५ कैदीबन्दी भने नभागी बसेका थिए । फरार रहेकाहरूको खोजी भइरहेको विभागले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.