सुचना, समाचार र मनोरन्जन
jaar

वाडा अटो शो २०२५ को तयारी पुरा: सबै स्टल बुकिङ

पोखरा/

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को संयुक्त आयोजनामा पोखरामा हुन लागेको ‘वाडा अटो शो २०२५’ का लागि सम्पूर्ण स्टल बुकिङ भइसकेका छन्।

अटो शोका संयोजक तथा वाडाका उपाध्यक्ष निरन केसीका अनुसार अटो शोमा राखिने सबै स्टलहरू मंगलबारसम्म बुकिङ भइसकेको छ। ‘स्टल बुकिङमा उत्साहजन सहभागिता देखिएको छ,’ उनले भने, ‘अब हामी अटो शो सफल बनाउन प्रचार-प्रसार तथा अन्य तयारीमा जुटेका छौं।’

नयाँ स्थानमा हुने अटो शो, भिजिटरका लागि थप सहज

आगामी चैत्र १४ देखि १७ गतेसम्म पोखराको अमरसिंहचोकस्थित खुला चौरमा अटो शो हुने वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए। यसअघि तय गरिएको स्थान परिवर्तन गर्दै पोखराको मुख्य केन्द्र मानिने अमरसिंहचौरमा शो आयोजना गरिन लागेको हो। आयोजकका अनुसार पोखरा तथा लेखनाथसहित आसपासका जिल्लाबाट समेत सहज रूपमा भिजिटरहरू आउने भएकाले स्थान परिवर्तन गरिएको हो।

विविध स्टल र सहभागिता

वाडा अटो शोमा २-पाङ्ग्रे, ३-पाङ्ग्रे, ४-पाङ्ग्रे सवारी साधनदेखि लाइट कमर्शियल, हेभि कमर्शियल, मेसिनरी इक्विप्मेन्ट्स्, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स्, ग्यारेज उपकरण लगायत विभिन्न क्षेत्रका कम्पनीहरूले स्टल बुकिङ गरिसकेका छन्। ‘हामीले अटो शोमा सबै प्रकारका सेगमेन्टलाई समेटेका छौं,’ अध्यक्ष कोइरालाले बताए।

वाडा अटो शोका लागि टिकट बुकिङ समेत खुला भइसकेको छ। खल्ती वालेटमार्फत टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ। टिकट शुल्क सामान्य दर्शकका लागि १०० रुपैयाँ तथा विद्यार्थीहरूका लागि ५० रुपैयाँ तोकिएको छ।

अटो शोको मुख्य उद्देश्य : आर्थिक प्रवद्र्धन र अटोमोबाइल उद्योगको प्रवर्द्धन

पोखरामा पहिलो पटक यो स्तरको अटो शो आयोजना हुन लागेकोले यसको आर्थिक प्रभाव पनि महत्वपूर्ण हुने आयोजकको विश्वास छ। अटोमोबाइल क्षेत्रमा नवीनतम प्रविधि र सेवाहरू प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिने यो शोले व्यवसायिक रूपमा पोखरालाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ। आयोजक टोलीले शोको सफलताका लागि सबै पक्षसँग सहकार्य गर्दै प्रचार-प्रसारमा समेत विशेष ध्यान दिइरहेको जानकारी दिएको छ।

पोखरावासी तथा अटोमोबाइल प्रेमीहरूका लागि यो अटो शो नयाँ अनुभव दिनेछ।

Leave A Reply

Your email address will not be published.