सुचना, समाचार र मनोरन्जन

सहरिया परिवेशलाई समेटेर वेब सिरिज ‘जस्ट लभ’ निर्माण

काठमाडौं :

सहरिया परिवेशलाई समेटेर वेब सिरिज ‘जस्ट लभ’ निर्माण भएको छ ।योङ माइन्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन व्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गरेका हुन्। मुस्कानले सिरिज ‘गोलमाल’ र थुप्रै भिडियोमा अभिनय गरेकी छन्।
निर्माण पक्षले सिरिजका तीनवटा पोस्टरसमेत सार्वजनिक गरेको छ । सिरिजमा मुनाल शिशिर कोइरालाको डेब्यू निर्देशन छ। निर्देशक कोइरालाले थुप्रै म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् । मेघा सिरिजको रुपमा निर्माण भएको ‘जस्ट लभ’मा कथा, पटकथा, संवाद र गीतसमेत कोइरालाकै छ।

Pach Pandav

सिरिजमा समीप निरौला, मुस्कान लामा, किरण नेपाली, गौरव हमाल, सुबास शाह, बालदीप राई, रेस्मा केसी, सरु ढुंगेल, बिनिता दाहाल, पार्वती श्रेष्ठ, तृष्णा खड्का, नवीन सिंह, विशाल डंगोल, प्रिया गहतराज र मुनाल शिशिर कोइरालाको अभिनय छ। किरणले पोई पर्यो काले, हात्तीछाप, दुई नम्बरीलगायतका फिल्म निर्माण गरेका छन्।

उनले पोई पर्यो काले, दिलमाया, नम्बरी सुन फिल्ममा पनि अभिनय गरेका छन् । हरिदेवी कोइराला कार्यकारी निर्माता रहेको सिरिजमा दीपकराज विश्वकर्माको संगीत, मुनाल शिशिर कोइरालाको गीत, सुजन श्रेष्ठको छायांकन, सुबास शाहको सम्पादन, विष्णु खड्काको कलर, सन्दीप चौधरीको टाइटल र एनिमेसन, प्रिया नगरकोटी पाण्डेको मेकअप छ।

Leave A Reply

Your email address will not be published.