सुचना, समाचार र मनोरन्जन

‘यानीमाया’मार्फत निर्माता बन्दै पल शाह,उनी आफै खेल्ने यो फिल्ममा हिरोइन को होला?

काठमाडौ :

आफैले निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’ पल शाह हिरो बन्ने भएका छन्। पहिलो पटक फिल्ममा लगानी गर्न लागेको शाहले आफ्नो फिल्ममा आफै खेल्ने भएका हुन्। उनी अब अभिनेताबाट निर्माताको परिचय थप्दैछन्।

यो फिल्म गत वैशाख १ गतेको अवसर पारेर उनले यो फिल्मको घोषणा गरेका थिए। विकास सुवेदीको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्ने भएकाले हिजो परिच्छेद सेनको फिल्म ‘महाराजधिराज’बाट अलग भएका थिए। उताको निर्माता टिमसँग अलग हुनुको कारण आफ्नो घरको व्यानरमा बन्न लागेको फिल्म ‘यानीमाया’ रहेको जानकारी दिएका छन्।

उनले भनेका छन्, ‘मेरो आफ्नो कम्पनीले निर्माण गर्ने फिल्म ‘यानीमाया’मा मैले जिम्मेवार निर्माता र कलाकारको भूमिका निभाउनुपर्ने भएकाले दुवै फिल्मको सुटिङ एउटै समयमा जाने भएपछि एउटा फिल्म छोड्नुपर्ने अवस्था आएको छ । अब मेरो पहिलो प्राथमिकता ‘यानीमाया’ हुनेछ।’

पलले यस फिल्मका लागि के िमहिना म्युजिक भिडियो समेत नखेल्ने भएका छन्। किनभने यस फिल्मका लागि उनले साउन महिना नै चाहिने र पात्रको तयारीका लागि एक महिना बढी समय दिनुपर्ने निर्माण पक्षको भनाई छ।

आगामी साउनबाट बागलुङको ढोरपाटन क्षेत्रमा छायांकन गर्न लागिएको फिल्ममा पलको जोडी को हुने हो चासोको विषय बनेको छ। यो फिल्ममा पल शाहसँग कसले अभिनय गर्छ त भन्ने कुराहरुले विशेष गरि चर्चा पाउन थालेको हो।

Leave A Reply

Your email address will not be published.