सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

फिल्म ‘यो मन त मेरो नेपाली हो’ मा रोशन ,विल्सन ,बुद्धि र विजय

काठमाडौँ : 

फिल्म ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा नयाँ फिल्म बन्न लागेको हो। मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको यो फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्नेछ।

अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) आफैले निर्देशन गर्ने यो फिल्ममा नेपाली दर्शकले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई हेर्न पाउने छन्। निर्देशक प्रधानका अनुसार फिल्ममा शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको हो।

sfal

निर्देशक प्रधानले भने,‘विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।’

फिल्मका बारेमा निर्देशक प्रधानका अनुसार अमेरिका, म्यानमार, भुटान र ईन्डिया गरि चार देशका चार जना नेपाली भाषी अभियन्तारु नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि नेपाली भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरु को हुन् ? नेपालीहरु कसरी भुट्टान, म्यानमार, ईन्डियासम्म पुगे र त्यहाका नेपालीहरुको अवस्था कस्तो छ भनेर यो फ्ल्मिले बोल्दछ ।

यहि मंसिर ६ गतेबाट छायांकन सुरु हुने फिल्मको पहिलो छायाँङ्कन पाचथरमा हुनेछ। त्यसपछि झापा हुँदै, सिक्किम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिकामा गरिने लेखक अधिकारीले बताए। फिल्मको करिव ६० प्रतिशत छायांकनको लागि बुधबारदेखि टिम मुभ हुँदैछ।फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त लगायतको अभिनय रहने छ ।

त्यस्तै फिल्ममा दीपक शर्माको संगीत ,सौरब लामाको छायांकन ,श्री श्रेष्ठको द्वन्द्व ,कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ ।

Leave A Reply

Your email address will not be published.