सुचना, समाचार र मनोरन्जन

नेम्वाङको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्धारा दुख व्यक्त

काठमाडौँ/

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री प्रचण्डले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका छन । उनले लेखेका छन ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.