सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

एनसेलको सेयर खरिद-बिक्रीको विषयमा सरकार गम्भीर छ: प्रधानमन्त्री दाहाल

काठमाडौं /

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन्। मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका हुन्।

IVF Big

आफू विदेशमा हुँदा यसबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै उनले एनसेलको सेयर मूल्यांकन न्यून भएको र कल छलीको विषयमा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई छानबिन गर्न निर्देशन दिएको बताए।

साथै यसबारे छानबिन गर्न समिति बनाएको बताउँदै उनले समितिले विदेशी लगानीमा पर्ने असर, राजस्वमा पर्ने असर लगायतका विषयमा ३० दिनभित्र अध्ययन गरेर सुझाव तथा रायसहितको प्रतिवेदन दिने बताए।

प्रधानमन्त्रीले भने, ‘मैले दुबईमा नै सुने र भोलिपल्ट नै फर्किएँ। त्यसपछि सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिए। मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुपर्‍यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको हो। सरकारको नेतृत्वको हैसियतले म एकदमै गम्भीर रूपमा पहल गरेको छु। योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाएँ। यसले के प्रभाव पार्छ भनेर गहन अध्ययन गर्न जरुरी रहेको भनेर मंसिर २१ गतेको बैठकबाट टंकमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ।’

Leave A Reply

Your email address will not be published.