सुचना, समाचार र मनोरन्जन
Sarangi

नकरात्मक भन्दा रचनात्मक पत्रकारितामा लाग्न देउवाको आग्रह

पोखरा ।

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले नकरात्मक भन्दा रचनात्मक पत्रकारितामा लाग्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको कीर्ति स्मृति पत्रकारिता वृति सम्मान अर्पण समारोह कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै उनले पत्रकारिता जगतले नकरात्मक पक्षलाई भन्दा पनि सकरात्मक विषयलाई उठान गर्नुपर्ने बताए ।

नागरिकलाई सही सूचना प्रवाह गरी देशको वर्तमान अवस्थाको रुपान्तरणमा सगाउन उनको आग्रह छ । स्वच्छ पत्रकारिताको खाँचो भएको भन्दै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । सुर्य बहादुर केसी आफ्ना प्रम मित्र भएको र समाज, राजनीति र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिएको व्यक्ति भएको देउवाले सम्झिए । पोखरा आएर पत्रकारिताका महत्वपूर्ण तीन व्यक्तिलाई सम्मान गर्न पाउँदा खुशी लागेको भनाई उनको छ ।

Leave A Reply

Your email address will not be published.