काठमाडौं :
बलिउड अभिनेत्री कंगना रनावत बेला बखतमा आफ्नै अभिव्यक्तीका कारण चर्चामा आउने गरेकी छन्। अब भने उनी चुनावमा उमेदवार घोषणा गर्ने कुराले चर्चा पाउन थालेको छ।
उनी २०२४ मा हुने लोकसभा चुनावमा उम्मेदवार बन्नका लागि दौडधुप गर्न थालेकी छन्। भारतिय मिडियाका अनुसार उनी प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाबाट उनी उम्मेदवार बन्न दौडधुप गर्दैछिन् । उनले भाजपा अध्यक्ष जेपी नड्डासँग आइतबार लामो छलफल गर्दै आगामी लोकसभा चुनावका बारेमा चर्चा भएको थियो।
अध्यक्ष जेपीले भने अहिले नै चुनावका लागि टिकट दिने नदिने कुरामा पार्टी भित्र छलफल गरेपछि मात्रै थाहा हुने बताए। कंगना अभिनित पछिल्लो फिल्म ‘तेजस’ बक्स अफिसमा असफल भयो। उनले निकै अपेक्षा गरेको फिल्म असफल भएपनि उनी निराश बनेर राजनितिमा प्रवेश गर्न आँटेको हल्ला चलेको छ। हुन त उनले ९ वर्ष यता खेलेका कुनै पनि फिल्मले सफल व्यापार गरेका छैनन्।