सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

रवि लामिछानेले कान्तिपुरविरुद्ध गाली बेइज्जतीको मुद्दा हाले

काठमाडौं /

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशन्स लिमिटेडविरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् ।

IVF Big

कान्तिपुरले पछिल्लो समय सहकारीको रकम हिनामिना गरेको आरोपसहित प्रकाशित गरेको समाचारमा आफ्नो नाम मुछेर आफ्नो चरित्रहत्या गरेको भन्दै लामिछानेले कान्तिपुरविरुद्ध मुद्दा हालेका हुन् ।

लामिछानेले आज काठमाडौं जिल्ला अदालतमा कान्तिपुरविरुद्ध मुद्दा दायर गरेको रास्वपाका उपसभापति डिपी अर्यालले जानकारी दिए । लामिछाने स्वयंले पनि सामाजिक संजालमार्फत यसको जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.