सुचना, समाचार र मनोरन्जन
Sarangi

यशकुमारको ‘तिमी छौ र त’ म्युजिकल फिल्म रिलिजपछि आलोचना

काठमाडौं :

गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक भएको छ। मंगलबार राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले गीत संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रसंशा गरेका हुन् ।

‘यो गीत हेरेपछि मलाई असहज पनि भयो । किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ । यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ’, मन्त्री किरातीले भने, ‘यसलाई मनोरंजनको रुपमा मात्र लिनु हुँदैन । यसले समाज सुधार्न भूमिका निर्वाह गर्नुका साथै कुल ग्राहस्थ उत्पादनमा समेत टेवा दिन्छ ।’

उनले मनाङ्ग र मुस्ताङ्गमा बढेको पर्यटकमा नेपाली गीत संगीत र सिनेमाको योगदान रहेको भन्दै यसलाई उद्योगको रुपमा विकसित गर्न सके राम्रो हुने बताए । सरकारले लक्ष्य लिएको दश लाख भन्दा बढी पर्यटक हिजोसम्म नेपाल भित्रिएको जानकारी दिदै मन्त्री किँरातीले गीतसंगीत र सिनेमासँग जोडिएका सर्जकलाई धन्यवाद दिए ।

मन्त्री किँरातीले गायक यश कुमारको जीवनीसँग प्रभावित भएको जानकारी गराउदै ‘बालुवाको फूल’ भन्दै अरुका लागि उदाहरण बन्ने जिकिर गरेका छन् । गायक यश कुमारले बाल्यकालमा खोला किनारको वस्तीमा बालुवा चालेर जीविकोपार्जन गरेको स्मरण गर्दै मन्त्री किँरातीले उनको प्रसंशा गरेका थिए । गायक यश कुमारले गीत संगीतको माध्यमले मनोरंजनसँगै संदेश प्रभाव गर्न खोजेको बताए ।

‘मैले सुरुआती समयदेखी नै गीतसंगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यहिँ अनुरुप सिर्जना गरिरहेको छु । यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छुु, यश कुमारले भने । सार्वजनिक गीतको भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन् ।

गायक यश कुमारले मंगलबार नयाँ गीत ‘तिमी छौं र त’ सार्वजनिक कार्यक्रममा प्रेमले कुनैपनि जात नहेर्ने बताएका छन् । आफुले यो गीतमा ब्राहामण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको पेम बुनेर म्युजिकल सिनेमा निर्माण गरेको उल्लेख गरेका छन् ।
गायक यशले यो गीतलाई आफुले मौलिक र टिपिकल देखाउन लिम्बु समुदायको बोलीचालीको भाषा प्रयोग गरेकाले यसलाई दर्शकहरुले अश्लिल शब्दको रुपमा बुझेर गाली नगरी दिन आग्रह समेत गीत रिलिज कार्यक्रममा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.