सुचना, समाचार र मनोरन्जन

दुई निर्माण कम्पनीको ठेक्का तोडियो, कालो सूचीमा राख्ने तयारी

काठमाडौँ/

सरकारले समयमा काम सम्पन्न नगर्ने दुई निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले ठेक्का तोडेको जनाएको हो ।

श्री देव निर्माण एण्ड सप्लायर्स प्रालि गढी ६ सुनसरी र श्री डाइनामिक कन्स्ट्रक्सन तार्केश्वर काठमाडौंको ठेक्का तोडिएको सूचनामा उल्लेख छ । उक्त कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नुका साथै बाँकी काम सम्पन्न गर्न सरकारी नियम अनुसार असुल उपर गरिने भएको छ ।

Leave A Reply

Your email address will not be published.