काठमाडौं :
अभिनेता तथा निर्देशक विराज भट्टले आफ्ना छोरा समीर भट्टलाई फिल्म ‘१२ गाउँ’बाट डेब्यू गराउने भएका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत फिल्ममा छोरोलाई अभिनय गराउन लागेको जानकारी दिएका हुन् । फिल्म ‘साङ्लो’बाट निर्देशनमा डेब्यु गरेका विराजले यो फिल्मलाई पनि आफै निर्देशन गर्दैछन्। उनको यो दोस्रो निर्देशकिय फिल्म हुनेछ।
भारतमा रहेर मार्सल आर्ट, नृत्य र अभिनयको तालिम लिइरहेका समिरले नेपालमा एक्सन अभिनेताको अभावलाई परिपुर्ती गर्ने आशा समेत गरिएको छ। फागुनबाट सुटिङ गर्ने यो फिल्ममा अन्य कलाकारको छनोट भने हुन बाँकी रहेको छ।
