सुचना, समाचार र मनोरन्जन

‘गोधुली’ले स्रोतामाझ ल्याइन् ‘नयनले खोजी’

काठमाडौं :

नेपाली संगीत क्षेत्रमा करिब एक दशकदेखि गीत लेखनमा सक्रिय गीतकार हिमाँशु रायमाझी ‘गोधुली’ले नयाँ गीत स्रोतामाझ पस्किएकी छन्। उनको शब्द रचनामा ‘नयनले खोजी’ गीतको भिडियो गीत सार्वजनिक भएको हो ।

Chaka Panja

गीतमा गायक फिरोज बस्नेतको स्वर तथा संगीत रहेको छ भने दिक्षित पौड्यालले संगीत संयोजन गरेका छन्। गीतको भिडियोमा प्रेमिल भावका प्रकट गरिएको छ भने भिडियो पनि आकर्षक बनेको देख्न सकिन्छ। अनिमा बिश्वकर्मा,ईश्वर श्रेष्ठ,दिब्यान्स सिक्देल, सोरा कार्कीले भिडियोमा अभिनय गरेका छन्।

भिडियोको छायांकन बिशाल थापाले गरेका हुन् भने भिडियो सम्पादन तथा कलरिङ्ग नकुल खड्काले गरेका हुन्। सुनिल बुडाथोकी सहायक निर्देशक रहेको भिडियोको निर्देशन दिलिप समनले गरेका हुन्। समिप ईन्टरटेन्मेन्टद्वारा निर्माण गरिएको गीत समिप ईन्टरटेन्मेन्ट युटुव च्यानलमा गएर हेर्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.