सुचना, समाचार र मनोरन्जन

फिल्म ‘दयारानी’ चल्नेमा निर्देशक गुरुङ ढुक्क

काठमाडौं :

अभिनेता तथा निर्देशक माओत्से गुरुङको अग्नी परिक्षा सुरु भएको छ। यही माघ २६ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘दयारानी’मार्फत निर्देशनमा डेब्यु गरेका गुरुङको परिक्षा सुरु हुन लागेको हो। उनले यो फिल्ममार्फत चुनौती पनि उतिकै मात्रामा मोलेका छन्।

निःसन्तान दम्पतीको कथालाई उठाएका उनले यो फिल्म ५ वर्षअघि नै निर्माण गरेका थिए। त्यो समयमा निर्माण गरेका निर्देशक गुरुङले अर्को फिल्म ‘हात्तीछाप’सँग जुधाएका छन्। एकै पटक दुई फिल्म र एउटै अभिनेता रहेको फिल्मलाई दर्शकले के गर्लान् भन्नेमा चुनौती उतिकै मात्रामा थपिएको हो।

यता निर्देशक गुरुङ भने देशको अवस्था र कोरोना महामारीका कारण फिल्म रिलिजमा ढिलाई भएको र फिल्मको कथा सदाबहार रहेको दाबी गर्दै आएका छन्।केहि दिन अघि फिल्म ‘दयारानी’को पत्रकार सम्मेलनमा फिल्मको कथा र प्रस्तुति दुवैलाई बलियो रहेको बताएका थिए। उनले एउटा पुरुषको अहंकारले परिवार र समाजमा महिलाले कसरी दबाब झेल्नुपर्छ र आफ्नो खुसी बाँड्न कसरी तयार हुन्छन् भन्ने कथा फिल्मले बोल्ने उनको तर्क थियो।

फिल्म चल्न केहि दिन बाँकी रहदै उनले यसै फिल्मको सिक्वेल समेत तयार पारिसकेका छन्। उनी फिल्म राम्रो चल्नेमा विश्वस्त रहदै यसैको सिक्वेलको कथा रेडी बनाइसकेका छन्। फिल्ममा दयाहाङ राई,दीया पुन,बिजय बराल लगायतको मुख्य भुमिका रहेको छ। यो फिल्मसँगै दया र बिजय अभिनित फिल्म ‘हात्तीछाप’पनिसँगै प्रदर्शनमा आउदैछ।

Leave A Reply

Your email address will not be published.