सुचना, समाचार र मनोरन्जन

नारायणहिटी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्म ‘मेयर’को मुर्हत

काठमाडौं :

दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘मेयर’को शुभसाइत गरिएको छ । काठमाडौंको नारायणहिटी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको मुर्हत गरिएको हो। फिल्मको छायांकन भने यहि १२ गते काठमाडौंबाट हुने समेत जानकारी दिइयो ।

यस फिल्मको शीर्ष भूमिकामा खगेन्द्र लामिछानेले अभिनय गर्दैछन् । उनको अपोजिटमा वर्षा राउतले अभिनय गर्ने निर्माण पक्षलेले बताएको छ। खगेन्द्र र वर्षाका अलवा अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रविन्द्र झा, रमेश बुढाथोकी लगायतको पनि अभिनय रहने छ ।

पटकथा प्रोडक्सनले निर्माण गर्ने यो फिल्मले सर्लाहीस्थित बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षको कथामा आधारित हुने निर्देशक खनालले बताए। उनका अनुसार फिल्ममा भरतको कठिन परिस्थिति, घात प्रतिघातको बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिकरुपमा कसरी राम्रो बाटोमा डो¥याउन सकिन्छ भन्ने विषयलाई समावेश गरिने छ।

फिल्मको निर्देशक समेत रहेका खनाल कार्यकारी निर्माता पनि हुन् । शर्मिला पाण्डे र सृष्टिमा खनाल निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा र कृष्णबहादुर थापाको छायांकन हुनेछ । जयन वाइबा र कल्याण सिंहको संगीत हुने जनाइएको छ । काठमाडौं र सर्लाहीमा फिल्मको छायांकन हुने पनि निर्माण पक्षले जानकारी गराएको छ।

Leave A Reply

Your email address will not be published.