सुचना, समाचार र मनोरन्जन

पाँच पाण्डवमा जितु नेपालको भूमिका: पूर्ण रूपमा भीमको चरित्र होइन, म इँट्टाभट्टाको मजदुर हूँ!

काठमाडौँ :

यही कार्तिक २० गतेबाट रिलिज हुने फिल्म ‘पाँच पाण्डव’मा जितु नेपालको भुमिका अलिक फरक छ। उनी यो फिल्ममा एक भीमसेन पात्रको भुमिकामा देखिँदैछन्। उक्त फिल्मको प्रचारप्रसारमा निर्माण पक्ष निकै खटिएको छ। आलोचनात्मक रुपमा पनि एउटा गीत प्रस्तुत भएको थियो। तर निर्माण पक्षले त्यो कुरा फिल्म हेरेपछि दर्शकमाझ छरिएको भ्रम हटेर जाने बताउँदै आएका छन्।

वसन्त निरौलासँग जितुको दोस्रो सहकार्य हो। यसअघि फिल्म ‘ज्वाइँ साब’मा काम गरिसकेका छन्। सुशील पौडेलको लेखन तथा लिजेण्ड कलाकार हरिवंश आचार्यका साथमा उनले यस फिल्ममा महेश त्रिपाठी, दीपाश्री निरौला, विनोद न्यौपाने, आर्यन सिक्देल,सुशील सिटौला,इभा गिरीलगायत कलाकारसँग अभिनय गरेका छन्। उनै जितु नेपालसँग यस फिल्मका बारेमा गरिएको कुराकानी निम्न अनुसार छ।

तपाई फिल्म ‘पाँच पाण्डव’मा के कसरी जोडिने मिल्यो?

मैले यो फिल्मका निर्देशक वसन्त निरौलासँग ‘ज्वाइँ साब’मा काम गरिसकेको थिएँ। लेखक सुशील पौडेलजीसँग पनि पुरानै सम्बन्ध थियो। निर्माता नविन श्रेष्ठसँग उहाँले फिल्म ‘लाज शरणम्’ बनाउँदा खेरी नै चिनजान थियो। प्रायः भेटघाट भइरहने हुँदा फिल्म गरौँ भन्ने कुरा भयो। अनि पाँच जना पाण्डव चाहिँदा म त पर्ने कुरा भइहाल्यो।

केहि दिनअघि टिजर सार्वजनिक भएको थियो। त्यसमा हेर्दा तपाईं भीमसेन चरित्रमा प्रस्तुत हुनु भएको छ?

यो सही कुरा हो । किनभने भीम भन्दा त त्यति ठूलो चरित्र हो। त्यो नै रमाइलो छ। किनभने यो ठ्याक्कै पाँच पाण्डव नै होइन। कसैले तँ भीम हो भन्ने होइन । हामीले ट्रेलर टिजरमा देखाइसकेका छौं। एउटा युधिष्टिर जो स्वर्गमा दाजुभाई बीना दुःखी हुनुहुन्छ, सुखी हुनुहुन्न । उहाँलाई सम्झना आउँछ चार जना भाइहरूको। अनि ५१ सय वर्ष पछि पनि कुनै न कुनै रूपमा जन्मे होला नि मेरा भाइहरू भनेर उहाँले नेपाल नगरीमा छन् है भनेपछि उहाँले आएर तँ भीम होस्, तँ अर्जुन होस् । त मेरो नहकुल होस् भन्ने क्यारेक्टर हो।

त्यो चरित्रमा फिट छु भन्ने तपाई आफैलाई लाग्यो कि,निर्देशक आफैले छनोट गर्नुभएको हो?

मैले आफैँ भीम हो भनेको छैन। कसैले त्यो क्यारेक्टर सम्झन त पायो नि त। कसैले भीम सानो हुनुभयो पनि भने। तर भीम सानै हुन नपाउने भन्ने त होइन नि ।

Pach Pandav

तपाई भिम कै चरित्रमा हो त?यस भुमिकाका लागि तयारी कस्तो थियो या थिएन ?

कसैले भने जस्तो म पूर्ण रूपमा भीमको भुमिकामा छैन। हामी एउटा खाली पाण्डवको अंश रहेछन् भन्ने दर्शाउन खोजेको हो। कहीँ कतै कनेक्ट गर्छन् भन्ने कल्पनामा आउने मात्र हो। नत्र पूर्ण रूपमा भीम पात्र होइन।

खास तपाई को हो त?

म एक इट्टा भट्टाको मजदुर हो। त्यसकारण मैले निर्देशकको निर्देशन र कथा अनुसार जे माग छ, त्यही अनुसार गरेको हुँ। यो कुनै समय पाँच पाण्डवको कथा अर्थात धर्मसँग जोडिएको कथामा फिल्ममा काम गर्दा कस्तो अनुभव हुँदो रहेछ।त्यो त एकदमै राम्रो कुरा हो भन्ने लाग्यो। अवश्य पनि महाभारत जस्तो, पाण्डव जस्तो चरित्रमा फिल्म बन्छ भन्दा त्यस्तो कथाको फिल्ममा जोडिन पाउँदा मलाई त खुशी लागेको छ। यसको विषय चाहिँ राम्रो छ किनभने हामीले पोस्टर र ट्रेलरका लागि पाण्डवको जस्तो आउटलुक बनाएको छौं । तर बाँकी नर्मल कुराहरू हुन्।

यसमा काम गर्दा चुनौती चाहिँ के थियो?

यो फिल्ममा मेरो जोडी नै दीपा दिदी हुनुहुन्छ । मैले यसअघि पनि दीपा दिदीसँग काम गरेको छौं। तर यसमा चाहिँ भीमको श्रीमतीको रोल आयो । त्यो नौलो अनुभव भयो । अर्को कुरा हरिवंश आचार्यज्यूसँग पहिलो पटक स्क्रिन शेयर गरेँ। युधिष्ठिरले भीमलाई सम्झाउँछन् त्यो खालको मलाई फरक अनुभव भयो । अनि पाँच पाण्डव छन्, अरू पनि कलाकार हुनुहुन्छ। यो धेरै ठूलो क्यान भासको स्टार भएको फिल्ममा म आफू कसरी प्रस्तुत हुने, कुन रूपले जितुलाई सम्झेलान् भन्ने क्यारेक्टरलाई फोकस गरेको छु।

अन्तमा,दर्शकले कमेडी पनि हेर्न चाहेको देखिन्छन्। यो फिल्मबाट दर्शकको चाहना पुरा हुन्छ कि हुँदैन ?

त्यो चाहना केही हदसम्म पुरा हुन्छ। हल्का रूपमा हुन्छ। किनभने यो त एउटै मान्छेको कथा होइन। पाँच जना भाइको कथा हो। त्यस कारण हरेक कलाकारका आ–आफ्ना पाटा छन्। आ–आफ्ना कथा छन्। कथाले मागेको जति छ। त्यो फिल्म हेरेपछि थाहा हुन्छ। अलिअलि त ट्रेलरमा पनि देखिएको छ।

Leave A Reply

Your email address will not be published.