सुचना, समाचार र मनोरन्जन

भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे

काठमाडौं,

यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्कने र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ ।

Pach Pandav

समितिले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी ९धन्तेरस० र यमदीपदान, २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती र २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ ।

त्यस्तै, कात्तिक २३ गते सोमबार गाईपूजा, २४ गते मंगलबार गोवद्र्धनपूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ ।

कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका ९किजापूजा० मनाइने समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.