काठमाडौँ /
हङ्कङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेलमा नेपालले पहिलो ओभरको पहिलो बलमै विकेट लिएको छ ।
हङ्कङको पहिलो विकेट करण केसीले लिएका हुन् । करणले हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई खाता खोल्नुअघि नै गुलसन झाद्वारा क्याच गराएका थिए ।
आजको खेलमा रोहित पौडेल, विनोद भण्डारी, कुशल भूर्तेल, आशिफ शेख, गुल्सन झा, विवेक यादव, सन्दीप जोरा, लोकेश बम, प्रतिश जिसी, करण केसी र अभिनाश बोहरा प्लेइङ इलाभेनमा छन्।
सिरिजका लागि दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई टिममा समावेश गरिएको छैन।
फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।