सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

धम्पुसमा शिव मन्दिर पुनर्निर्माण सम्पन्न

पोखरा /

माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुसडाँडा सिर्जनाटोलस्थित शिव मन्दिर पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका सांसद गणेशमान गुरुङले शिव मन्दिरको समुद्घाटन गर्दै धम्पुसको समग्र विकासका लागि धार्मिक तथा पर्यटकीय क्षेत्र बनाइ, स्थानीय नागरिकलाई आयआर्जनमा जोडी, सडकलाई कालोपत्रे गर्न प्रतिवद्ध रहेको बताए । गुरुङले मूलपानी डाँडाहुँदै नागडाँडासम्मको कच्चीबाटो प्रदेशअन्तर्गतको कृषि सडकमा परेको हुँदा उक्ता बाटो ढलान गरी स्तरोन्ती कार्य अगाडि बढाएको जानकारी दिए ।

कार्यक्रमका विशेष अतिथि माछापुच्छ«े गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले सिर्जनाटोल सामाजिक विकासमा क्रियाशील रहेको देख्दा आफू पनि हातेमालो गर्न प्रतिवद्ध रहेको जनाए। स्थानीयतहले थोरै बजेट विनियोजन गरे पनि चन्दा सङ्कलन गरी शिव मन्दिर पुनर्निमार्ण गर्नु धेरै ठूलो काम भएकोले निर्माण समिति, स्थानीय वासिन्दा र चन्दादातालाई भण्डारीले धन्यवाद व्यक्त गरे ।

उत्कृष्ट चन्दादाताका रूपमा समाजसेवी प्रभु गुरुङलाई सम्मान गरिएको थियो । गुरुङले सिर्जनाटोलको विकासका लागि आफ्नो साथ र समर्थन रहिरहने बताए । समाजसेवी कृष्णप्रसाद भण्डारी, राजकुमार भण्डारी, विष्णुबहादुर क्षेत्री, लोकबहादुर गुरुङ, नारायणप्रसाद भण्डारी, पण्डित कृष्णप्रसाद सुवेदी लगायतका वक्ताले निर्माण कार्यको प्रशंसा गर्दै शुभकामना दिएका थिए ।

IVF Big

२५ वर्ष पहिलो वि.सं. २०५५ सालमा तत्कालीन वडाध्यक्ष कृष्णप्रसा भण्डारीको नेतृत्वमा निर्माण गरिएको शिव मन्दिर जीर्ण भएपछि पुनर्निमार्ण गरिएको हो । शिव मन्दिर पुनर्निमार्णका लागि माछापुच्छ«े गाउँपालिका कार्यालयले २ लाख, वडा कार्यालय ७ ले ४ लाख, स्थानीय नागरिक, स्वदेश र विदेशमा रहेका शुभचिन्तकले १८ लाख चन्दा सङ्कलन गरी कुल २४ लाखको लागतमा पुनर्निमार्ण कार्य सम्पन्न भएको थियो ।

मन्दिर निमार्ण समितिमा अध्यक्ष गोविन्दराज भण्डारी (ठूलो), उपाध्यक्ष बलराम भण्डारी, सचिव रामप्रसाद भण्डारी, सदस्यहरू अमृत भण्डारी, तीर्थराज भण्डारी, नवीन भण्डारी क्षेत्री र जयबहादुर वि.क. रहेका थिए । मन्दिर पुनर्निमार्णका लागि अमृतकुमार भण्डारीको नेतृत्वमा अर्थ सङ्कलन समिति गठन गरिएको थियो ।

कार्यक्रममा समाजसेवी जयलाल अधिकारी, सन्तोष भण्डारी, लेखनाथ भण्डारी, रामचन्द्र भण्डारी, हरिप्रसाद अधिकारी, भुवानीप्रसाद भण्डारी, मोहनराज भण्डारी, तिलप्रसाद भण्डारी, खिमराज भण्डारी, श्यामबहादुर अधिकारी, दीपक भण्डारी (खरिलाल), डिल्लीराम भण्डारी, महेश्वर भण्डारी, जीवनाथ भण्डारी मदन भण्डारी, शिवप्रसाद भण्डारी, हिमलाल भण्डारी, सुदिप अधिकारी, दुर्गाप्रसाद भण्डारी, बसन्तराज भण्डारी, नवीन रिजाल, अग्निधर भण्डारी लगायतका व्यक्तित्वहरूको विशेष योगदान गरेको थियो ।

कार्यक्रमको सञ्चालन अमृतकुमार भण्डारीले गरेका थिए भने स्वागत सिर्जनाटोलका संयोजक गोविन्दराज भण्डारी (सानो) ले गरेका थिए । महाशिवरात्रिको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा ४ सय बढी श्रदालु भक्ततजनहरूले शिव मन्दिरको दर्शन गरेको कुरा समाज सेवी भीमप्रसाद भण्डारीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.