सुचना, समाचार र मनोरन्जन
Sarangi

नेपाली युवाको अवस्था दर्शाउने ‘द रेड सुटकेस’को कथा

काठमाडौँ :

नेपाली युवाहरु रोजगारीको शिलाशिलामा खाडी मुलुक पुग्ने गरेका छन्। उनीहरुको जिवनको कुनै भर हुँदैन। आज बोल्दा बोल्दै भोली के हुने हो थाहा छैन्। नेपालीले विदेशमा काम गर्दागर्दै ज्यान गुमाएपछिको अवस्थालाई दर्शाउने प्रदर्शनरत फिल्म हो ‘द सुटकेस’।

अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा व्यापक मन पराइएको यो फिल्मलाई नेपालमा पनि प्रदर्शन गरिएको छ। नयाँ वर्षको छेको पारेर शुक्रबारबाट मुलुकका चार दर्जन भन्दा बढी फिल्म हलमा प्रदर्शन भईरहेको छ । यस फिल्मलाई काठमाडौं र मोफसलका हलहरुमा दर्शकबाट राम्रो साथ पाईरहेको निर्माण पक्षको दाबी छ।

विभिन्न हलमा शनिबार हाउसफुल भएपछि यसका निर्माता रामकृष्ण पोखरेलले दर्शकको साथ पाएको बताए। निर्माता पोखरलले भने,‘क्युएफएक्स चेनबाहेक बाँकी सबै हलमा हाम्रोे चलचित्र हिजोबाट प्रदर्शन भईरहेको छ । आफुलाई पायक पर्ने हलमा पुगेर द रेड सुटकेस हेर्नको लागि यहाँहरुलाई अनुरोध गर्दछु ।’

फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका छन्। दर्शक प्रतिक्रिया लिन हलमा पुगेको उनले धेरैले अनौठो र दुर्लभ शैलीको फिल्मको रुपमा लिएको बताए।

फिल्ममा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठले अभिनयमा निखारता ल्याएका छन्। उनीहरुको अभिनय हेर्दा अघिल्ला फिल्मको भन्दा फरक रहेका छन्। यो फिल्मलाई युएफओ च्यानलले युरोपको लागि गत साता नै खरिद गरिसकेको छ।

त्यस्तै श्रीलंका र भारतमा प्राविधिक कार्य गरिएको यो फिल्मको सम्पादन श्रीलंकामा समन अलभितिगाले गरेका हुन्। छायाँकार भने सुसन प्रजापतिको छ। गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको यो फिल्मले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड समेत जितेको थियो।

Leave A Reply

Your email address will not be published.