सुचना, समाचार र मनोरन्जन

ग्याङ्स्टार लरेन्स विश्नोईका भाईले हानेका थिए सलमानको घरमा गोली

मुम्बई :

बलिउड अभिनेता सलमान खानको घरमा गोली हान्ने मान्छे पत्ता लागेको छ। भारतिय मिडियाका अनुसार गोली प्रहारको जिम्मा ग्याङ्स्टार लरेन्स विश्नोईका भाईले लिएका छन्।

सलमानको घरमा आइतबार ४ बजेर ५५ मिनेटमा बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट ६ राउण्ड गोली प्रहार भएको थियो। दुई जना बाइकमा आएकाले ६ राउण्ड गोली हानेका थिए। यसको जिम्मा लरेन्स विश्नोईका भाइ अनमोल विश्नोईले लिएका छन्। उनले अभिनेताको घर बाहिर आफूले गोली चलाएको दाबी गरेपछि गोली चलाउने मान्छे पत्ता लागेको भारतिय मिडियाको दाबी छ।

यसअघि नै अक्रमणको पछाडि लरेन्श विश्नोईको हात हुन सक्ने अड्कलबाजी आइरहेको भएता पनि यकिन हुन सकेको छैन। यस बारेमा सुरक्षा एजेन्सीहरूले यस मामिलामा लरेश विश्नोईसँग पनि सोधपुछ गर्ने भारतिय मिडियाहरुले जनाएका छन्।

Leave A Reply

Your email address will not be published.