सुचना, समाचार र मनोरन्जन

हातमा परेको फिल्म नबनेपछि गोरेटोको ब्रान्ड एम्बास्डरमा राजेश हमाल

काठमाडौँ :

अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्यूजिक भिडियो र विज्ञापनहरुमा व्यस्त छन्। उनले खेल्ने भनिएको केहि फिल्मका निर्माताले फिल्म नबनाएपछि उनी कार्यक्रममा उभिन व्यस्त देखिएका छन्।

उनका अनुसार दर्शकले नयाँ वर्ष २०८४ मा फिल्ममा देख्न पाउने छन्। हमालले बुधबार बबरमहलमा घोडामा चढेर एउटा ट्राफिक सचेतना मुलक टीभी बिज्ञापनमा अभिनय गर्दै शो कुराको जानकारी दिएका हुन्। अभिनेता हमाल क्यानाडा अध्ध्ययनको लागि गोरेटो कन्सल्ट्यान्सीको ब्राण्ड एम्बसेडर बनेसँगै उनले १ वर्षसम्म गोरेटो कन्सल्ट्यान्सीका विभिन्न पेजेक्टमा काम गर्ने प्रबन्ध निर्देशक धिरज कंडेलले जानकारी दिए।

Pach Pandav

सामाजिक उत्तरदायित्व अन्तर्गत यो बिज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिएका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत यो बिज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा आँफु विश्वस्त रहेको कंडेलले राजेश हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेको पनि जनाएका छन्।

अभिनेता हमाल स्वयम पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक वौद्धिक व्यक्तित्व भएका कारण उनको यो विज्ञापन प्रभावकारी बन्ने अर्का एड्भाइजर राम खड्काले बताए । खड्काले क्यानाडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताकोरुपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेलाबेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरु गर्ने बताए । त्यस्तै गोरेटोका चर्चित काउन्सेलर प्रकाश रेग्मी पनि निक्कै नै उत्साहित देखिएका छन्।

क्यानाडाले हालसालै अन्तर्रराष्ट्रिय विद्धयार्थी लक्षित केहि नीतिमा परिमार्जन गरेको र उक्त नीति विद्यार्थीहरुको क्यानाडा बसाइ राम्रो बनोस् भन्नको लागि नै बनाएको बताएका छन्, आँफु डेनमार्कमा अध्ययन गरेका रेग्मी अन्तर्रराष्ट्रिय अनुभव लिन र बदलिँदो विश्व परिवेशमा क्यानाडा जस्तो उत्कृष्ट गन्तव्यमा पढ्न र सकभर नेपाल फर्किएर देशको लागि केहि गर्नका लागि युवाहरुलाई अनुरोध गरेका छन्। महानायक हमालले १ वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.