सुचना, समाचार र मनोरन्जन

सौन्दर्य प्रतियोगिता ‘फेस अफ एलजिबिटिक्युआईप्लस’ गरिदै

काठमाडौं :

लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्सको पहिचान बोकेका व्यक्तिहरूलाई लक्षित गरी सौन्दर्य प्रतियोगिता ‘फेस अफ एलजिबिटिक्युआईप्लस’ हुने भएको छ।

Pach Pandav

राज्य मिडिया नेटवर्कले यस समुदायको अद्वितीय सौन्दर्य, शक्ति र विविधताको सम्मानमा लुकेका प्रतिभाहरूलाई अवसर दिलाउने उदेश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो।

आयोजकले प्रतियोगिताले लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्स युवाको प्रतिभा प्रदर्शन गर्ने, व्यक्तित्व अभिव्यक्त गर्ने र अरूलाई प्रेरित गर्ने अवसर प्रदान गर्ने जनाएको छ। साथै प्रतियोगिताका विजेताले पुरस्कारसहित मोडलिङ्ग क्षेत्रमा थप अवसर प्राप्त गर्ने आयोजकको दाबी छ।

प्रतियोगिताका लागि वैशाख ११ गतेदेखी आवेदन समेत खुला भएको छ। प्रतियोगितामा भाग लिन ईच्छुकहरुले ‘फेस अफ एलजिबिटिक्युआईप्लस’ नामक फेसबुक पेजमार्फत आवेदन दिन सक्ने आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.