सुचना, समाचार र मनोरन्जन

२ सय २५ जना ज्येष्ठ नागरिक तथा महिलाहरुको स्वास्थ परिक्षण

तनहुँ /

ब्राम्हण समाज नेपाल,जस्पुर दिदीबहिनी समुह शुक्लागण्डकी नगरपालिका वडा नं १२ को आयोजनामा तनहुँको शुक्लागण्डकी नगरपालिका घुमाउने चौतारामा बृहत निःशुल्क स्वास्थ्य शिविर,स्तन तथा पाठेघर क्यान्सर संबन्धी जाँच एवम जनचेतना कार्यक्रम सम्पन्नभ भएको छ ।

शिविरमा २ सय २५ जना भन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका सदस्य केशबराज पौडेल र निश्चल पौडेलले जानकारी गराएकाछन् । नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमाकार्यरत विशेषज्ञ चिकित्सकहरूले जनरल मेडिसिन, छाती रोगसम्बन्धी र स्तन तथा पाठेघर क्यान्सर सम्बन्धिचिकित्सीय सेवाउपलब्ध गराएकाथिए ।

बरपाण्डेथुम जेष्ठ नागरिक चौतारी पोखरा ३३ भरतपोखरी र समाज कल्याण परिषद स्वास्थ कोषको सहकार्यमा तनहुँको शुक्लागण्डकी नगरपालिका, वडा नं १२ को घुमाउने चौतारामा सञ्चालित उक्तशिविर कार्यक्रमका प्रमुख अतिथी यूरोप र एसिया रेयूकाई अध्यक्ष प्रविण गुरुङले डा विशाल ठाकुरलाइ ८६ वर्षिय ज्येष्ठ नागरिक गंगादेवी गौतमको स्वास्थ्य कार्ड दिएर कार्यक्रमको उद्दघाटन गरेका थिए । प्रमुख अतिथि गुरुङले ज्येष्ठ नागरिकहरुको नियमित स्वास्थ्य चेकजाँचकालागि घरघरबाट परिवारले नै पहल गर्नुपर्नेमा जोड दिए । ४० वर्ष आँफु पनि रेयूकाइमा लागेर समाज सेवा गरिरहेको बताए । कहिले काहीँआफ्नो घर आँगनमाआउने यस्ता शिविरहरुबाट स्वास्थ्यलाभ लिनुपर्ने बताए ।

बरपाण्डेथुम जेष्ठ नागरिक चौतारी पोखरा ३३ भरतपोखरीका सचीव मोती भुजेलले ज्येष्ठ नागरिकहरुको उचित हेरचाह गर्नुका साथै नियमित स्वास्थ्यजाँच गराउनुका र उनिहरु सँग भएको ज्ञान सिपलाई नाति पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताए ।

समाजकल्याण परिषद राष्ट्रिय स्वास्थ्य कोषकीसदस्य सचिव सुनिता भण्डारीले बिषेशगरि महिला दिदी बहिनीहरुलाई रोग नलुकाउन आग्रह गरिन् । स्तन तथा पाठेघर क्यान्सर संबन्धी जनचेता फैलाउन र यस्ता स्वास्थ्य शिविर गर्न समाज कल्याण परिषद स्वास्थ कोषले सक्दो सहयोग गर्ने बताइन् ।

शिविरमा मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमाकार्यरत डा. मानस्वीकाफ्ले,डा. नविना पौडेल,डा. समिक्षा पाण्डे, डा. प्रतिभा बजगाईं,फार्मिस्ट पशुपतिनाथ मण्डल,स्टाफ नर्स सुबोध तिमिल्सिना,रश्मि थापा,हाउस किपिङ तारा भुजेल, समाजकल्याण परिषद राष्ट्रिय स्वास्थ्य कोषकी लेखा सहायक अश्मिना खड्का,वडा स्वयंसेवीका लगाएतको प्रविधिक सहयोग बाट शुक्लागण्डकी नगरपालिका वडा नं १२,९ र छिमेकी वडा ३३ चवादि पोखरा माहनगरपालिका समेतगरी २ सय २५ जनाभन्दा बढीले स्वास्थ्यलाभ लिएकाथिए । १९ जनामहिलाहरुमा पाठेघर संबन्धी समस्या देखिएकोले थप उपचारको लागि अस्पताल रिफर पनि गरेको छ ।

नेपाल मणिपाल शिक्षण अस्पतालका जनसम्पर्क निर्देशक कृष्णमोहनश्रेष्ठले मणिपाल शिक्षण अस्पताल नेपालीको स्वामित्वमाआए पछि समाजीकदायित्व स्वरुपजनस्वास्थ्यक्षत्रमा यस्ता शिविरहरु गर्दै आइरहेको बताए ।

लीलाचोक टोल बिकास सँस्था र घुमाउने चौतारा आमा समुहले स्थानिय स्वयंसेबकको भुमिका निभाएका थिए । आउँदा दिनहरुमापनि स्वास्थ्यशिविरलाइ निरन्तरतादिने ब्राम्हण समाज नेपाल, शुक्लागण्डकी नगरपालिका वडा नं १२ का अध्यक्ष कार्यक्रमका सभापति सरोज पौडेलले बताए । उक्त कार्यक्रमको सन्चालन जस्पुर दिदीबहिनी समुहकी अध्यक्ष बिनु गुरुङले गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.