पोखरा /
सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालले पोखराका विभिन्न विद्यालयमा अध्ययरत गरिव असाय छात्राहरुलाई छात्रवृति वितरण गरेको छ ।
पोखरा पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रम सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष विना गुरुङ्गको अध्यक्षता तथा अधिवक्ता तारा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा पोखराका विभिन्न विद्यालयमा अध्ययनरत २९ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको हो ।