पोखरा /
कास्की जिल्ला बुद्धिचाल संघले प्रदेश स्तरीय राष्ट्रिय प्रतियोगिताको लागि जिल्ला छनोट प्रतियोगिता गर्ने भएको छ।

संघले एक सुचना जारी गर्दे यु-१५ बुद्धिचाल जुनियर खेलकुद प्रतियोगिताको लागि जिल्ला स्तरीय छनोट प्रक्रिया यहीँ २१ गते सोमबार हुने संघका का. अध्यक्ष बिनोद नाल्मीले बताए ।
छनोट प्रतियोगिता के.सी क्याटरिंग हुने संघमा पुर्व उपाध्यक्ष सुनिल कोइरालाले जानकारी दिए। उनका उनुसार प्रतियोगिता फिडेको नियम अनुसार संचालन हुनेछ ।
संघले कास्की रहेका सबै खेलाडीलाई प्रतियोगितामा सहभागी हुन समेत अनुरोध गरेको छ।