सुचना, समाचार र मनोरन्जन
Sarangi

पर्यटकीय नगरी पोखराको खपौदीमा बाबाको ढावा

पोखरा/

पोखरा महानगरपालिका वडा नम्बर १८ खपौदीमा अर्गानीक फार्म सहितको रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।

बाबाको ढावा नामकरण गरिएको रेष्टुरेण्ट अनुपम विभास, प्रकाश ढुङ्गाना, दामोदर भण्डारी सहितको टोलीले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन ।

फार्म सहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएका उनीहरुले एर्गो टुरिजम बढावा दिने उद्देश्य सहित तयारी गरेको बताए । रेष्टुरेण्टलाई आवश्यक पर्ने तरकारी आफ्नै बारीमा, कुखुरा आफ्नै फार्म र माछा आफ्नै माछा पोखरीमा उत्दान हुने छन् ।

धेरै आफ्नै उत्पादन हुने भएकाले रेष्टुरेण्टको मेनुमा पनि अन्यत्र भन्दा सस्तो रहेको सञ्चालक अनुपम विभासले बताए । उनले लेकसाइड र खपौदी साइडका रेष्टुरेण्टको भन्दा सस्तो रहेको दावी गरे ।

बाबाको ढावा ५ पाँच रोपनी क्षेत्रफलमा छ भने १३ रोपनी क्षेत्रफलमा माछा पोखरी रहेको छ । यी सबैमा अहिले सम्म करिब ८५ लाख खर्च भएको उनले बताए । ढावामा स्वस्थकर र सस्तो खोज्ने हुनाले त्यसै अनुरुप सञ्चालन गरेको उनको भनाई छ ।

भारतीय सहरहरुमा ढावा निकै प्रसिद्ध हुने भएकाले त्यसको अनुसरण गर्दै ढावा सञ्चालन गरेको सञ्चालकको भनाई छ ।
उनले स्थानीय परिकारलाई नै पहिलो प्रथामिकतामा राखेको बताए । अहिले १० जनालाई रोजगारी पाएका छन् । उनले रेष्टुण्टमा करिब ६० जनाको क्षमता छ भने हलमा करिब २ सय जना क्षमताको रहेको बताए ।

हलमा विवाह, बर्तबन्ध, पार्टी, एजिएम, तालिम सञ्चालन गर्न सकिने छ । बस्नका लागि कोठा पनि बनाएको अर्का सञ्चालक प्रकाश ढुङ्गानाले बताए । उनले १२ जनालाई सुत्नका लागि सुविधा कोठा रहेको उनको भनाई छ ।

Leave A Reply

Your email address will not be published.