सुचना, समाचार र मनोरन्जन
Sarangi

नेपालका स्टारलाई जापानका दर्शकले चिनेनन्

काठमाडौं :

नेपालमा कुनै पनि देशको स्टार आयो भने फोटो खिच्न होस् या रिल बनाउन तँछाडमछाड नै हुन्छ। उनीहरुलाई आफ्ना फ्यानहरुले घेरेर राख्छन्। त्यसैले सितिमिती उनीहरु बाहिर निस्किदैनन् र निस्किए भने माक्स प्रयोग गर्छन्। जुन हामीले देख्दै र सुन्दै आएका छौँ।

फिल्म ‘फर्की फर्की’लिएर जापान पुगेका नेपालका मेगास्टार भनिएका अनमोल केसीसँग कसैले फोटो खिचेको देखिन्नँ। उनले सार्वजनिक गरेको तस्विरमा उनी एक्लै सडकमा फोटो खिचाएका छन्। उनलाई हेर्ने र घेर्ने कोही पनि छैनन्। परपर केहि मान्छेहरु उभिएर गफ गरेको देखिन्छन्। त्यो पनि आफ्नै धुनमा। तर नेपालमा स्टार रोडमा उभिएको उनीहरुले मतलवै गरेको देखिन्न।

नेपालमा उनको जति चर्चा छ,त्यति बाहिर रैनछ भन्ने कुरा यही तस्विरबाट प्रस्ट हुन्छ।आफ्नो फिल्मको प्रमोसनमा बडिगार्ड सहित हिड्ने गरेका अनमोललाई जापानमा न ‘स्टारडम मेन्टेन्टन’गर्नु परेको छ। न् कसैले आएर फोटो खिच्छु भनेर अवरोध नै गर्छ। उनी पुरा रमाइलो गरिरहेका छन्। जापानको राजधानी टोकियोको सडकमा आफूले स्वतन्त्रता (फ्रिडम) प्राप्त गरेको उनले सामाजिक सञ्जालमा लेखेका छन्। सडकको बीचमा हाँस्दै हिंडेको तस्विरको क्याप्सनमा लेखेका छन्,‘फ्रिडम ।’

Leave A Reply

Your email address will not be published.