सुचना, समाचार र मनोरन्जन

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

काठमाडौ/

राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन पक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ ।

Pach Pandav

आयोगले विपद् पूर्वसूचना प्रणाली मातृभाषी समुदायका लागि पहुँचयुक्त बनाउन, स्थापित पूर्वसूचना प्रणाली तथा वर्षा मापन केन्द्रलाई अद्यावधिक गर्न, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको प्रभावकारी कार्यान्वयनमा संवदेशील हुन सङ्घ, प्रदेश र पालिकालाई आग्रह गरेको हो ।

नेपालमा पछिल्लो १० वर्षमा मनसुनजन्य विपद्को घटनाबाट तीन हजार ५२ जनाको मृत्यु, सात सय ९१ जना बेपत्ता रहेका भन्दै आयोगले क्षति घटाउनतर्फ सरकार सचेत हुनुपर्ने बताएको छ ।

Leave A Reply

Your email address will not be published.