सुचना, समाचार र मनोरन्जन
Sarangi

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने प्रक्रिया अघि बढ्यो, १८३ परियोजना छानिए

काठमाडौँ/

स्टार्टअप व्यवसायलाई सरकारबाट ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा पाउन थालेका छन् । सरकारले प्रत्येक आर्थिक वर्षको बजेट भाषणमा स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा दिने घोषणासहित २५ करोड विनियोजन गर्दै आइरहेको थियो ।

तर घोषणाबमोजिम स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा वितरणको मापदण्ड नहुँदा समस्या थियो । यी सबै झन्झट पन्छाउँदै अन्ततः स्टार्टअप व्यवसायले सरकारबाट सहुलियतपूर्ण ऋण पाउन थालेका हुन् ।

यी स्टार्टअपलाई ५ लाखदेखि २० लाख रुपैयाँसम्म ऋण दिइनेछ । यसका लागि १९ करोड ४० लाख रुपैयाँ खर्च हुने प्रतिष्ठानले जनाएको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउन योग्य १८३ वटा व्यवसायको सूची तयार पारेसँगै सहुलियतपूर्ण कर्जा वितरण सुरु भएको हो । यी परियोजनाहरूले राष्ट्रिय वाणिज्य बैंकबाट ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा पाउन थालेका छन् ।

यी स्टार्टअपलाई ५ लाखदेखि २० लाख रुपैयाँसम्म ऋण दिइनेछ । यसका लागि १९ करोड ४० लाख रुपैयाँ खर्च हुने प्रतिष्ठानले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.