सुर्खेत/
चट्याङ्ग लागेर दैलेख र कैलालीमा गरी पाँच जना गम्भीर घाइते भएका छन् । कैलालीमा चट्याङ लागेर ३ जना विद्यार्थी गम्भीर घाइते भएका हुन् । विद्यालय जाने क्रममा आज बिहान पौने ७ बजे जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकाहरू गम्भीर घाइते भएका हुन् ।
इलाका प्रहरी सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालका अनुसार घाइते हुनेमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका छन् । उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।