सुचना, समाचार र मनोरन्जन

फेवातालमा बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीद्धारा उद्धार

पोखरा  :

फेवातालको स्रोतको रुपमा रहेको हर्पन खोलाले बगाएर बेपत्ता भएका व्यतिmको प्रहरीले शव फेला पारेको छ। उनी माछा मार्न गएका बेला अचानक खोला बाढी आएर बगाई बाग्लुङ्ग स्थायी घर भई पोखरा (१८ खपौदी बस्दै आएका अन्दाजी ३१ वर्षका सुक बहादुर मगरको शव प्रहरीले फेला पारेको हो।

उनी बेपत्ता बनाएको खवर प्राप्त हुनासाथ परिचालन भएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीको फेवातालमा तैनाथ एपिएफ रेस्क्यू वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले उनको शव उद्धार गरेको कालिका गण कास्कीका गणपति एसपि अरुण कुमार शर्माले जानकारी दिए।

उनका अनुसार दिउँसो साथी संग माछा मार्न हर्पन खोलामा गएका बेला उनलाई बगाएको थियो। सशस्त्र प्रहरीका अनुसार साँझ करिव ५ बजे जानकार िप्राप्त भएको थियो र उनको शव साँझ ५ बजेर २० मिनेट जाँदा उद्धार गरिएको हो। अहिले मृतको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको समेत एसपि शर्माले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.