सुचना, समाचार र मनोरन्जन

कफी उत्पादक किसानलाई अनुदान वितरण

काभ्रे/

काभ्रेको खानीखोला गाउँपालिकाले कफी उत्पादक किसानलाई अनुदान वितरण गरेकाे छ ।

‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । चालू आर्थिक वर्षमा कफी उत्पादक किसानलाई समूहगत रूपमा २१ लाख रुपैयाँ अनुदान वितरण गरिएको उनले जानकारी दिए ।

उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले एक वर्षमा १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरेको पालिकाले जनाएको छ । उत्पादनका आधारमा याे सहकारीले चार लाख ६३ हजार ३३ रुपैयाँ अनुदान पाएकाे छ ।

खानीखोलामा वार्षिक ६६ हजार टन कफी उत्पादन हुने गरेको छ । कफी खेतीबाट वर्षमा चार करोड रुपैयाँको आम्दानी लिने गरेको किसानहरू बताउँछन् ।

Leave A Reply

Your email address will not be published.