सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

म नेपाली नागरिक नै हुँ, कुनै पनि देशको पिआर लिएकी छैनः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं /

शिक्षामन्त्री सुमना श्रेष्ठले आफू नेपाली नागरिक नै रहेको बताएकी छन्।

IVF Big

मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिँदै आफूले कुनै देशको पीआर वा नागरिकता नलिएको बताएकी छन्।

उनले आफूले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले सो अनुसार जवाफ दिएको बताएकी छन्। उनले आरोप आफैमा अस्पष्ट रहेको बताउँदै कुन देशको पी आर वा नागरिकता भनेर पनि खुलाइएको छैन र आरोप पूर्णतः निराधार रहेको र आफुले छानबिनमा पूरा सहयोग गर्ने बताएकी छन् ।

उनले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्न आग्रह गरेकी छन्।

Leave A Reply

Your email address will not be published.