सुचना, समाचार र मनोरन्जन

बुद्धि तामाङ हैटको छोरा जन्मिएपछि बधाईको ओइरो

काठमाडौं :

Pach Pandav

कलाकार बुद्धि तामाङ पहिलो सन्तानको रुपमा छोराको बुबा बनेपछि बधाईको ओइरो लागेको छ। शुक्रबार बिहान ९ बजे नर्भिक अस्पतालमा उनकी पत्नी अनु थिङले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएपछि दुवै जनालाई बधाईको ओइरो लागेको हो।

उनलाई नेपालमा अधिकांश कलाकार तथा उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। छोराको बुबा बनेपछि कलाकार तामाङ निकै खुशी देखिएका छन्। अहिले बच्चा र आमाको स्वास्थ्य नर्मल नै रहेको कलाकार तामाङले जानकारी दिएका छन् । २ वर्षअघि बुद्धि र अनु विवाह बन्धनमा बाँधिएका थिए।

Leave A Reply

Your email address will not be published.