सुचना, समाचार र मनोरन्जन
Sarangi

‘तिमी आयौ मेरो लागि’भन्दै आए रोहित

काठमाडौं :

केही चलचित्र र दर्जनौ भिडियोमा अभिनय गरिसकेका मोडल रोहित जोशी, रिना गुरुङ्ग र रोहित श्रेष्ठ अभिनित ‘तिमि आयौ मेरो लागि’बोलको भिडियो सार्वजनिक भएको छ। प्रेमिल जोडीको कथामा निर्मित यो गीतको भिडियो निकै सुन्दर बनेको देखिन्छ।

गीतमा बिजय गुरुङ्ग, तृप्ती खड्का गुरुङ्गको स्वर रहेको छ भने शब्द र संगीत पनि गायक बिजय गुरुङ्गकै रहेको छ। भिडियोमा छायांकन बिवेक बिक, सम्पादन रोशन धिताल, निर्देशन जगत रेग्मीको रहेको छ ।

Leave A Reply

Your email address will not be published.